ताजा पोस्ट :

साम्बो टोलि भारत प्रस्थान।

20740

काठमाडौ - भारतको नयाँ दिल्लीमा  हुने एसियन साम्बो प्रतियोगितामा भाग लिने नेपाली टोली त्यसतर्फ लागेको छ । 

 

आगामी १० देखि १६ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ५२ केजीमा निरज भण्डारी, ५५ केजीमा प्रविण गुरुङ,६० केजीमा आशिष तामाङ,६५ केजीमा विनु छन्त्याल,६८ केजीमा सुदिप थापा,कृष्णलाल तामाङ र रबिन्स तामाङ रहेका छन । यस्तै ६४ केजीमा दिनेश मर्हजन, ८२ केजीमा प्रदिप पाण्डे,९० केजिमा सुदिप आचार्य र सुदन लामा र १०० केजी समुहका सृजेश श्रेष्ठ रहेका छन । 

 

त्यस्तै महिलातर्फ ४४ केजी तौल समुहमा मिरा पौडेल,५२ केजीमा भगवति माझी, ५६ केजीमा सम्बारानी मर्हजन र ६० केजीमा रचना लामा रहेका छन । 

 

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई सोमबार युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्मा, रााष्ट्रिय खेलकुद परिषदका सदस्य देब ( बद्री )प्रसाद अधिकारी र राखेपाका पुर्व सदस्य नारायण पौडेलले संयुत्त रुपमा बिदाई गरेका छन ।

 

मन्त्रि विश्वकर्माले खेलाडीहरुलाई प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दे देशको शिर उच्च बनाउन आग्रह गरेका थिए । प्रतियोगिामा खेलाडी र अफिसियल गरि २४ जनाले सहभागिता जनाउनेछन । जसमा साम्बो फेडेरेसनका अध्यक्ष तथा चिफ कोच धनन्जय श्रेष्ठ,उपाध्यक्षहरु पुरुषोत्तम शिंखडा,राजकुमार श्रेष्ठ, रमेश पौडेलर महासचिव उत्तम श्रेष्ठ, सचिव मदन पौडेल, सदस्य रामविलास दास रेफ्रि गोपाल पुनमगर ले सहभागीता  जनाउने छ । प्रतियोगितामा ४५ देशका खेलाडीले सहभागिता जनाउनेछन ।