ताजा पोस्ट :

अर्थ/विजनेस

 नेप्सेमा १ सय १ अङ्कको पहिरो , आइपुग्यो २७ सय विन्दुमा    

काठमाण्डाै - शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ ।  आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।  आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।  आज माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा...

Read more

सुनको मूल्य बढेको बढ्यै, तोलाको एक लाख नाघ्ने अनुमान

साताको दोस्रो दिन सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ८९ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यही ढंगले सुनको मूल्य बढिरहे तोलाको एक लाख नाघ्ने अनुमान गरिएको छ ।

Read more

वाग्मती प्रदेशको बजेट रु ५१ अर्ब ४२ करोडको बजेट विनियोजन : स्थानीय तहलाई प्राथमिकता  

सरकारले  आर्थिक बर्ष २०७७/०७८ का लागि प्रदेशको बजेट सार्वजनिक गरेको छ । सातवटै प्रदेश सरकारहरुले कोरोना महामारी नियन्त्रणलाई प्राथमकितामा राखेर बजेट विनियोजन गरेका छन् । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपियाँको बजेट ल्याएको छ । सार्वजनिक बजेटको ५१।१२ प्रतिशत अर्थात २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार चालु र ४८।८८ प्रतिशत अर्थात २५ अर्ब १४ करोड एक लाख ५९ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । प्रदेशभित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याइ करका संचरना तथा दरहरुलाई समय सापेक्ष बनाउँदै करको...

Read more

नेप्सेमा नयाँ रेकर्ड, १५ सय विन्दु नाघ्यो, ३ अर्ब ६० करोडको कारोबार

काठमाण्डौ । नेप्से परिसूचकमा उछाल आई बजार १५०० को विन्दू पार गरेको छ । आइतबार सुरुवातदेखि नै उछालको गतिमा दौडिएको बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा १५०० को विन्दू पार गर्न सफल भएको हो ।  नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने नयाँ रेकर्ड कायम गर्दै आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ बराबरको कारोवार भयो ।  अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा वामदेव गौतम आउने राजनीतिक कुरोसँगै शेयर बजार उचालिएको हो केही सातादेखि वित्तीय क्षेत्रमा ब्याजको आधार दर घटिरहेको छ । आधार दर घट्दा ऋणको ब्याज पनि कम हुन्छ...

Read more

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला रु. ९४००० पुग्नसक्ने

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ  सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले अवस्था केही सातासम्म यही रहिरहे नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार भन्दा माथि पुग्नसक्ने विश्लेषण गरिरहेका छन् ।  फागुन २ गते सुनको मूल्य...

Read more