ताजा पोस्ट :

समाचार

चर्चित गायक तथा गायीकाको आवाजमा ‘दुई एकान दुई,दुई दुना चार’ गीत सार्वजनिक

काठमाडौं - रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिपोर्टर्स क्लबका सभापति तथा प्राइम्स टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले गीतको विमोचन गरेका हुन् । उनले रिपोर्टर्स क्लबले धेरै इतिहासलाई ब्युताउने र झस्काउने काम गरेको बताए । धमलाले २५ वर्षअघि स्थापना गरेको क्लबको पहिलो वक्ता कृष्णप्रसाद भट्टराई भएको बताए । भट्टराईको जीवनबाट सबैले पाठ सिक्ुनपर्ने भन्दै उनले भने,‘जीवनमा कुनै स्वार्थ नभएको व्यक्ति÷नेता कोही छन् भने त्यो कृष्णप्रसाद भट्टराई हो । उहाँले राजनीतिमा लागेर पैसा कमानुभएन ।’ भट्टराईले आफूलाई भनेको कुरा स्मरण गर्दै धमलाले...

Read more

सहारा महिला समाज कलन्कीद्वारा मंगल चौथीको अवसर पारेर ७ गणेश यात्रा सम्पन्न

काठमाडौं - भदौ १५ चतुर्थी वा मंगल चौथी अर्थात गणेश भगवानको जन्म दिनको अवसर पारेर साहारा महिला समाज नेपाल कलकीले ७ गणेश यात्रा सम्पन्न गरेको हो । साहारा महिला समाज विगत लामो समय देखि असाय,एकल तथा साहारा विन भएका दिदीबहिनीहरुको क्षेत्रमा काम गर्दे आएको महिला अध्यक्ष विना दाहालद्धारा संचालित संस्था हो । यस सस्थाले चाहे भुकम्पको बेलामा होस् चाहे कोभिड महामारीको बेलामानै किन नहोस् आफ्नो कार्य दक्षताले भ्याय सम्मका समाज सेवाको कार्यहरु गरीरहेको छ र आगामी दिनम नी यसरी नै कार्य गरी रहने सस्थाको अध्यक्ष विना दाहाल बताउनु हुन्छ । आजको यस कार्यक्रम पनि यसैको एक उपज...

Read more

अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने

काठमाडौं । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै पनि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था...

Read more

यी २५ अत्यावश्यक सेवामा हड्ताल गर्न पाइँदैन…

काठमाडौं । सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हड्ताल गर्न निषेधको आदेश जारी गरेको हो । राजपत्रमा जारी सूचनामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्री...

Read more

यस वर्ष बढी वर्षा हुने अनुमान, विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने

काठमाडौं । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका सन्दर्भमा...

Read more