ताजा पोस्ट :

वास्तु शास्त्रः अनुसार यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

4160

वास्तुशास्त्र अनुसार परिवार’का सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्य’द्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडि’एका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् ।

वास्तुशास्त्र’का विभिन्न ग्रन्थमा घरको मुख्य’द्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जस’बारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती काय’म रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोष’बारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बा’हिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ ।

यद्यपी, फेंग सूईले भने घ’रको ढोका भित्रतिर नै खोलिएको रा’म्रो बताउँछ । फेंग सूईका अनुसार घर’को ढोका भित्रतिर खोलि’नुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरि’न्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताए’को छ ।

२. घरको मुख्य ढो’का घरका अन्य ढोकाभ’न्दा ठूलो हुनुप’र्छ । यदि यो सानो भए आर्थिक सम’स्याको सामना गर्नुपर्छ ।

३. सूर्योदयका बेला घरको झ्या’ल ढोका खुल्ला हुनुपर्छ । यसले सका’रात्मक ऊर्जा घरमा भित्रिन सह’योग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्य’सम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्य’सको पछाडि चक्कुल’गायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो ग’र्दा परिवारका सदस्यबीच संघर्ष र त’नाव बढ्नसक्छ ।

५. घरको कुनै’ पनि बेडरुम’मा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगा’डि पर्दा राख्नुहोस् ।