ताजा पोस्ट :

यी चार कुराबाट टाढा नरहे मृत्युको भन्दा भयानक पीडा मिल्छ – चाणक्य

1520

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा एउटा श्लोक लेखेका छन् जसमा चरित्रहिन स्त्री, कपटी मित्र, जवाफ फर्काउने नोकर र साँप बस्ने घरबाट सधै टाढा रहने सुझाव दिएका छन् ।

श्लोक यस प्रकारको छ:

दुष्टा भार्या शंठ मित्रं भृत्यश्चोत्तरदायकः। स सर्पे च गृहे बासो मृत्युरेव न संशयः।।

माथिको श्लोकको अर्थ दुष्ट स्वभाववाली, कडा बोल्नेवालाी, खराब चरित्र भएको स्त्री, निच र कपटी मित्र, जवाफ फर्काउने नोकर र सर्प बस्ने घर यी चार कुराबाटै मृत्यु बराबरको कष्ट मिल्छ ।

आचार्य चाणक्यको भनाईलाई मान्ने हो भने जुन स्त्रीको चरित्र ठिक छैन जसको स्वभाव दुष्ट छ त्यस्ता स्त्रीहरुबाट सदैव सबैजना टाढा रहनुपर्छ । यस्ता स्त्रीहरुले स्वर्गजस्तो घरलाई नर्क बनाइ दिन्छन् ।

मित्रताको सम्बन्ध भावनाको आधारमा टिकेको हुन्छ । जसकारण तपाई आफ्नो गोप्य कुराहरु पनि आफ्ना साथीहरुसँग साझा गर्नुहुन्छ । तर तपाईका मित्र कपटी र जाली छन् भने त्यो व्याक्ति भन्दा ठूलो शत्रु तपाईको जीवनमा अरु कोही पनि हुनसक्दैन ।

घरमा नोकर राख्दा तपाईको सम्पन्नताको झलक आउँछ । तर जुन नोकरले अगाडीबाट नै जवाफ फर्काउँछ र मालिकलाई सम्मान दिदैँन । त्यस्ता नोकरलाई चाँडो हटाउनुपर्छ । यस्ता नोकरले जुनसुकै समय तपाईलाई हानी पुर्‍याउनुुसक्छ ।

आचार्य चाणक्यको अनुसार जुन घरमा अक्सर सर्प फेला पर्छ । त्यस्तो घरमा सर्पदंशको कारण मृत्युको भय हुन्छ । त्यसको घर तुरुन्त छोड्नुपर्छ ।