ताजा पोस्ट :

बागमती प्रदेशका उपसभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमणको विषयमा त्रसित नबन्न सचिवालयको आग्रह

12200

वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुखको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।

उनीसहित सानो छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको तामाङका श्रीमान एवम नेकपा नेता डिबी तामाङले जानकारी दिए ।

नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो ।

संक्रमणको संभावना रहेपछि आफुले दुई पटक स्वाब दिएको र परिक्षणको रिर्पोट पोजेटिभ आएको उहाँको भनाई रहेको छ । अहिले उहाँ आफ्नै क्वाटरमा आइसोलेसनमा रहनुभएको तामाङका श्रीमान डिबी तामाङले जानकारी दिनुभयो।

उपसभामुखको सचिवालयले आफुहरुको सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकोले कोरोना भाइरस संक्रमणको विषयमा त्रसित नबन्न आग्रह गरेको छ ।