ताजा पोस्ट :

जानी राखौं ! कोरोना भाइरस लागेपछि शरीरमा देखिन्छ यस्तो लक्षणहरु

9820

चीनको वुहान शहरको जिन्यिन्तान हस्पिटलमा कोरोना भाइरसको महामारीको उपचार गरिरहेकाको  डाक्टर टीमले  कोरोना भाइरसबाट संक्रमित भएका पहिलो ९९ बिरामीहरुको उपचारको विस्तृत व्यहोरा लन्सेट मेडिकल जर्नलले प्रकाशित गरिेको छ ।

फोक्सोसंग सम्बन्धित समस्या

वुहानको जिन्यिन्तान हस्पिटलमा जुन ९९ बिरामीहरुलाई ल्याइएको थियो, उनीहरुमा निमोनियाको लक्षण देखिएको थियो । यी बिरामीहरुको फोक्सोमा समस्या थियो र फोक्सोको त्यो ठाउँ, जहाँबाट अक्सिजन रगतमा प्रवाह हुन्थ्यो, त्यो ठाउँमा पानी भरिएको थियो ।

अन्य लक्षणहरु

-ती मध्य ८२ जना लाई ज्वरो आएको थियो ।

-८१ जनालाईं खोकि लागेको थियो ।

-३१ जना सास सम्बन्धि समस्यासंग लडिरहेका थिए ।

-११ जनालाई मांशपेशिहरु दुख्ने समस्या थियो ।

-८ जनालाई टाउको दुख्ने समस्या थियो ।

-५ जना मानिसलाई घाटिमा फोका उत्पन्न हुने समस्या थियो ।