ताजा पोस्ट :

हार्दिक श्रद्धान्जली ! अलविदा स्व. निलप्रसाद भण्डारी !!

12320

सामुदायिक वनका संस्थापक विश्व अभियान्त निलप्रसाद भण्डारीको ८२ वर्षको उमेर 2076 पौष २३ गते  बुधबार बिहान निधन भएको छ । २०२९ सालमा प्रधानपञ्च हुंदा सुरक्षाकर्मी र तारबारवीना नै जनस्तरबाटै वन जोगाउन सकिन्छ भन्ने अवधारणाको स्थापित गर्न सफल ८२ वर्षिय भण्डारी पछिल्लो २ वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय साविक ठोकर्पा पञ्चायतको प्रधानपञ्च, २०५९ सालको राजनीतिक घटनापछि दुई पटक जिल्ला विकास समितिको सभापति भएका उहां हाल विश्वहिन्दु महासंघको अध्यक्ष हुनुहुन्थ्यो। उहांलाई सरकारले सामुदायिक वनको अभियान्ता घोषणा गरेको थियो ।

हार्दिक श्रद्धाञ्जली !! नील प्रसाद भण्डारी !!

सामुदायिक वन नेपालका प्रथम अभियन्ता, समाजसेवी , विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका सभापति , सिन्धुपाल्चोक जिविसका पूर्व सभापति, रास्ट्रका उच्च ब्यक्तित्व, हाम्रो परिवारका आदरणीय, अग्रज र प्रेरणादायी ब्यक्तित्व, बिभिन्न राजनीतिक पदमा रहि काम गर्नुभएका रास्ट्रसेवक नील प्रसाद भण्डारी आत्माको चिर शान्तिको कामना।???????????????????????? सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ  ।

- Shivapuri Online Family