बडादशै २०७६ को शुभ अवसरमा तारकेश्वर नगरपालिका वडा नं ९ को सूर्य दर्शन टोलमा सार्वजनिकस्तरको पहिलो अन्तरक्रिया सँगै शुभकामना र सम्मान कार्यक्रम सञ्चालन हुने भएको छ । विकासका लागि स्थानीय तहको सहयोग र समुदायको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने सूर्य दर्शन टोल सुधार समितिले जनाएको छ । कार्यक्रममा हास्यकलार बल्छी ध्रुर्वेको विशेष प्रस्तुति रहनेछ बडा दशै तथा दीपावली २०७६ को शुभकामना आदान प्रदान सँगै सूर्य दर्शन टोल सुधार समितिका विविध सामाजिक कार्य र विकासका कार्यमा सहयोग पुर्याउने स्थानीय जनप्रतिनिधि, राजनीतिक व्यक्तित्वहरु र सामजसेवी एवं व्यवसायिक व्यक्तिहरुलाई सम्मान समेत गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम उल्लेखित मिति र स्थानमा सञ्चालन हुने भएकोले उपस्थितीको लागि सूर्यदर्शन टोल सुधार समितिले टोलबासी तथा सबै क्षेत्र निकायका व्यक्तित्वहरुलाई हार्दिक निमन्त्रणा समेत गरेको छ ।
प्रमुख अतिथि रामेश्वर बोहरा
मेयर तारकेश्वर नगरपालिका, काठमाडौं
कार्यक्रम सञ्चालन तालिका
कार्यक्रम विषय : विकासका लागि स्थानीय तहको सहयोग र समुदायको सहकार्य विषयक अन्तरक्रिया
सञ्चालित जिल्ला : तारकेश्वर नगरपालिका वडा नं ९ काठमाडौं
स्थान : सूर्य दर्शन टोल सुधार समिति, वडा नं ९ मनमैजु
मिति : २०७६ असोज ४ गते
समय : बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म
सम्पर्क : रुद्रराज सिंह - 9841239378
सानो काजी खत्री (आशिष) - 9841597089
भरतराज उप्रेती - 9851093493