ताजा पोस्ट :

निर्देशक खरेल र गीतकार खानको हिन्दी गीत "ओ वेवफा" सार्वजनिक(भिडियो सहित)

36100

काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत ओ वेवफाको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

आर जे म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव राज खरेल, साछी लम्साल र सागर घिसिङ को अभिनय देख्न सकिन्छ । 

नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

 

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन( सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । 

काठमाण्डौका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ । म्युजिक भिडियोमा सम्पादन क्यामोदिन मियाँको रहको छ भने कलर समिर मियाँको रहेको छ । 

एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियोलाई  निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी हुन ।