ताजा पोस्ट :

सहारा महिला समाज कलन्कीद्वारा मंगल चौथीको अवसर पारेर ७ गणेश यात्रा सम्पन्न

40900

काठमाडौं - भदौ १५ चतुर्थी वा मंगल चौथी अर्थात गणेश भगवानको जन्म दिनको अवसर पारेर साहारा महिला समाज नेपाल कलकीले ७ गणेश यात्रा सम्पन्न गरेको हो । साहारा महिला समाज विगत लामो समय देखि असाय,एकल तथा साहारा विन भएका दिदीबहिनीहरुको क्षेत्रमा काम गर्दे आएको महिला अध्यक्ष विना दाहालद्धारा संचालित संस्था हो । यस सस्थाले चाहे भुकम्पको बेलामा होस् चाहे कोभिड महामारीको बेलामानै किन नहोस् आफ्नो कार्य दक्षताले भ्याय सम्मका समाज सेवाको कार्यहरु गरीरहेको छ र आगामी दिनम नी यसरी नै कार्य गरी रहने सस्थाको अध्यक्ष विना दाहाल बताउनु हुन्छ । आजको यस कार्यक्रम पनि यसैको एक उपज हो अध्यक्ष बताउनु हुन्छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको ब्रतको भोलिपल्ट यस मंगल चौथी अर्थात भग्वान गणेशको जन्म दिन परेकोले यस दिनलाई भव्य बनाउन र हिन्दु धर्मको जर्गेना गरी देश विदेशमा नेपालाई चिनाउन मात्र नभै अबका पुस्ताहरुमा पनि धर्म सम्बन्धी ज्ञान फैलाउने र धर्मको बारेमा जान्ने बुझ्ने साथै एक आपसमा माया प्रेम सद्भावको भावना प्रदान गर्नको लागि सस्थाले यसरी मंगल चौथीको अवसर पारेर सात गणेशको यात्रा प्रारम्भ गरी सम्पन्न गरेको अध्यक्ष विना दाहाल बताउनु हुन्छ । त्यति मात्र नभएर हिन्दु धर्म अनुसार कुनै पनि शुभ कार्य गर्दा सबै भन्दा पहिला गणेश भग्वानको पुजा अर्चना गर्नेु पर्ने नियम तथा निती रहेको छ । मंगल चौथीलाई गणेश भग्वानको जन्म दिनको रुपमा पनि लिइन्छ त्यसैले यस दिनलाई शुभ मानिन्छ र यो दिन धेरै वर्षमा एक पटक आउने समेत अध्यक्ष बताउनु हुन्छ । 

यस मंगल चौथीको दिन नेपालका विभिन्न भागमा गणपति बाबा अर्थात गणेश भग्वानको भब्य पुजा आज गरी नेपालभर मंगल चौथी मनाउने चलन छ । उपत्यका लगायत देसै भरी गणेशका मन्दिरहरुमा पुजा अर्चना गर्ने श्रदालु भक्तजनहरुो भिडभाड लागेको छ ।

साहारा महिला समाज नेपालले आयोजना गरेको यस ७ गणेश दर्शन यात्रा विहान ७ बजे कलकंी सस्थाकै अफिसबाट सुरु भई गणेश यात्राको पहिलो पुजा अशोक बिनायकस् काष्ठमण्डपबाट भएको हो । त्यसपछि जल बिनायकस् चोभार, कार्य बिनायकस् बुङमति, सुर्य बिनायकस् भक्तपुर, कमल बिनायकस् भक्तपुर, चन्द्र बिनायस् चाबहिल र सिद्धि बिनायकस् सोह्रखुट्टे भई बेलुका ८ बजे सम्म पुजा आजा सञ्चालन भएको थियो । ग्णेश यात्रामा साहारा नेपालमा आबद्ध भएका दिदी बहिनीहरु,साहारा नेपालको वरिष्ठ सल्लाकार सुबिरनाथ खनाल, कार्यक्रम संयोजक भुपेन्द्रराम श्रेष्ठ, सन्चार बिभाग प्रमुख बिष्णुमाया पौडेल, कर्मचारी बिवन्स डगंगौल,दिनेश प्रधान ,अरुण सिल्वाल, धार्मिक बिभाग प्रमुख लक्ष्मी बिडारी लगायत १५० भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थीत रहेको थियो । कार्यक्रममा मिडिया पार्टनरको रुपमा om namaste tv, today express 1, nagarik post.com,today news Kathmandu, shivapurionline, ictkhabar.com रहेका थिए । 

कार्यक्रममा विहान देखि आएका भक्तजनहरुको लागि चिया नास्ता तथा खाजा पानीको समेत व्यवस्था गरिएको थियो भने  यस कार्यक्रमको लागि कुनै शुल्क भक्तजनहरुबाट लिईएको थिएन यद्यपी भक्तजनहरु आफैले स्वत आफु सकेको दिएर कार्यक्रमलाई सहयोग गरी कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दे जाने सस्थको अध्यक्ष विना दाहालले बताउनु भयो । सबै भक्तजनहरुले साहारा नेपाललाई मंगल चौथीको दिन धार्मिक कार्यक्रम आयोजना गरी ७ वटै गणेश मन्दिर घुमाउनु भएकोमा खुशी साथ धन्यबाद समेत दिन भ्याएका थिए