ताजा पोस्ट :

काठमाडौँमा महागठबन्धन विरुद्द 'केशव स्थापित' को हुन् स्थापित ?

26200

काठमाडौँ महानगरपालिकामा एमालेले मेयरमा केशव स्थापितलाई उठाएको छ। मेयरका लागि  एमाले काठमाडौँ महानगरनगर कमिटीले  ५ जनाको नाम सिफारिस गरेको थियो । तर एमालेले ५ दलिय महागठबन्धनविरुद्द स्थापितलाई नै महानगरपालिकामा मेयरको उम्मेदवारका रुपमा उठाएको हो।  हाल बागमती प्रदेशसभाको सदस्य रहेका स्थापित यसअघि २०५४ सालमा पनि काठमाडौँको मेयरमा निर्वाचित भएर सफलताका साथ ५ वर्षे कार्यकाल पूरा गरेका नेता हुन् ।

को हुन् स्थापित ?

केशव स्थापित भिजन भएका र विकासवादी नेताकै रुपमा चिनिन्छिन् । आफ्नो जति अरुको क्षमता छैन भन्ने स्वभाव हुँदाहुँदै पनि काठमाडौँका जनताले विकासवादी नेताका रुपमा चिनेका व्यक्ति हुन् उनी ।

उनले २०५१ सालमै विवाद र आलोचनाकै बीचमा खेलकुद परिषद्को सदस्य सचिव भएर सफलताका साथ काम गरेर देखाएका थिए । 

२०४९ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएपनि २०५४ मा मेयर नै जितिदिए । मेयरमा जितेनन् मात्रै, उदाहरणीय काम गरेर सफल मेयरको उपमा पनि पाए ।

अहिले माइतीघर मण्डला रहेको ठाउँमा सडक अतिक्रमण गरेर त्यतिबेला बजार बसेको थियो । स्थापिथ आफैँ अघि लागेर त्यो बजार नै भत्काएर रातारात आकर्षक मण्डला खडा गरे ।

सडक पूर्वाधारतर्फ कालिमाटी–कुलेश्वर खण्ड विस्तार गरेर चौडा बनाए । कुनैपनि सडकको नामाकरण हुन नसकेको अवस्थामा उनले काठमाडौँका सबैजसो सडकको नामाकरण गरिदिए । 

आफ्ना पीता बितेको समयमा समेत स्काभेटरसँगै सडकमा बसेर काममा खटिन्थे । त्यसबेला देखिको उनको जोश अहिले पनि उस्तै छ भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।

विकासप्रेमी एकातिर हुन् भने अर्कोतिर उनी काठमाडौँका रैथाने नेवार समुदायका व्यक्ति हुन् । उनलाई उपत्यका बाहिर पनि धेरैले अतिथि वक्ताका रुपमा लगिरहन्छन् । 

विकास तत्काल गर्न सकिन्छ भनेर सपना देखाउने, योजना बनाउने, बनाइएका योजना जनतालाई सुनाई हाल्ने, निराशाका कुरा नगर्ने, सबैलाई आशावादी बन्न उत्प्रेरणा दिईरहने, जोखिम मोल्न नडराउने उनको स्वभाव सबैले मन पराउँछन् ।