ताजा पोस्ट :

एमाले अध्यक्षमा भारी मतले ओली विजयी

26300

चितवन : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै नाे भाेटमा ७५ मत खसेकाे छ ।

आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो ।