ताजा पोस्ट :

मंसिरदेखि नयाँ विद्युत् महशुल दर: २० युनिटसम्म ३० रुपैयाँ लाग्ने

25500

काठमाडौं । २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले अब मासिक न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै महशुल तिरे पुग्ने भएको छ । इनर्जी शुल्क भने निःशुल्क हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्ताव अनुसार नै आयोगले न्यूनतम शुल्क कायम राखेर अन्य शुल्क नलाग्ने व्यवस्था गरेको हो । आयोगका अनुसार ग्राहस्थ उपभोक्ताका लागि औसतमा २.८४ प्रतिशत मात्रै महशुल घटेको छ ।

सिंगल फेजबाट मासिक १५१ देखि २५० यूनिटसम्म बिजुली खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० कायम गरिएको छ ।

त्यस्तै, ४०० युनिटभन्दामाथि खपत गर्ने ग्राहकको महशुलमा पनि २५ रुपैयाँ घटाइएको छ । अब न्यूनतम १५० देखि अधिकतम २५० कायम गरिएको छ ।

आयोगले वर्षायाम र हिउँदयामको महशुल समेत फरक गर्ने प्रयास गरेको जनाएको छ । तर, कूल रुपमा हेर्दा प्रतियूनिट महशुल मात्रै १ रुपैयाँले फरक गरिएको छ ।

वर्षायाममा ४०० युनिटसम्म खपत गर्ने ग्राहकले अब प्रतियूनिट १० रुपैयाँ ५० पैसा तिर्नुपर्छ । यस्तै, हिउँदमा भने ११ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । 

अब मिटरको क्षमता वृद्धि गर्दा लाग्दै आएको शुल्क भने नलाग्ने भएको छ ।

घरायसी ग्राहकका लागि

औद्योगिक ग्राहकका लागि

चार्जिङ स्टेसनका लागि