ताजा पोस्ट :

गृह मन्त्रालयको सूचना : परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिनु

42700

काठमाण्डाै – सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन भनिएको छ ।

यस्तै पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिककाे प्रहरी चाैकीमा खबर गरी सहयाेग गरिदिन पनि मन्त्रालयले आग्रह गरेकाे छ । ११ जना अफगान नागरिक भारतको बाटो काठमाण्डाैमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो ।