ताजा पोस्ट :

अफगानिस्तान तालिबानको नियन्त्रणमा : दुई दशकसम्म अमेरिकाको तालिम पाएको अफगानी सेना कसरी कमजोर बन्यो ?

36700

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुललाई १५ अगष्ट २०२१ आइतबार तालिबानले आफ्नो कब्जामा लिएको छ । अफगानिस्तानका प्रमुख सहरमध्ये काबुलमात्र तालिबानको नियन्त्रणमा थिएन । तर, यो सहर पनि तालिबानको नियन्त्रणमा आएपछि मानिसहरु अत्तालिएर मुलुक छाड्न तँछाडमछाड गरिरहेका हुन् ।

तालिबानका प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सबै सैनिक फिर्ता गर्ने म्याद सेप्टेम्बर ११ लाई तोकेका थिए । तर, त्यो समय नआउँदै तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको हो ।

 

यति छिटो अफगानी सेना र सरकार तालिबानसामु घुँडा टेक्नुले समग्र विश्वलाई नै चकित पारेको छ । यस्तोमा दुई दशकसम्म अमेरिकालगायतका मुलुकको तालिम पाएको अफगानी सेना कसरी कमजोर बन्यो भन्ने प्रश्न उठेको छ । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् ।