ताजा पोस्ट :

प्रचण्ड-नेपालको आम हडताल (बन्द) को प्रभाव देशैभरि

46800

माघ २२ गते, काठमाडौं।

आज आम हडताल (बन्द) को प्रभाव देशका सबै शहरहरुमा पर्यो।  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले आम हड्ताल आहृवान गरेको हो ।

रत्नपार्क क्षेत्रमा पनि प्रतिगमन विरुद्धको आम हडताल उपेन्द्र कुमार राउतसहितको नेतृत्वमा रहेको थियो ।

आम हड्तालमा प्रहरी र प्रदर्शनकारी

आम हड्ताल बिरुद्ध महेश बस्नेतको अगुवाईमा

आम हड्ताल बिरुद्ध महेश बस्नेतको अगुवाईमा राजधानीमा जुलुस

प्रचण्ड-नेपालको आम हडताल (बन्द) को प्रभाव

प्रचण्ड-नेपालको आम हडताल (बन्द) को प्रभाव देशैभरि

नेकपाको प्रचण्ड-माधव समूहले बिहिबार गरेको आम हडताल क्रममा प्रहरीले काठमाडौं उपत्यकाबाट अहिलेसम्म ८१ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शुशिलसिंह राठोरका अनुसार हड्तालका क्रममा बिहिबार साढे ८१ जना नेता कार्यकर्ता पक्राउ गरिएको जानकारी दिए । 

काठमाडौंमा बन्दका प्रभावका कारण परिक्षामा जान लागेका विद्यार्थीहरुलाई समेत असजिलो भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य मुख्य ठाउँहरुमा बन्दको प्रत्यक्ष प्रभाव रहेको छ । 

कोरोनाका कारण करिव १० महिना थलिएको अवस्थामा आम हड्ताल गरी आम नागरिकको दैनिक जीवनमा खेलवाड गरेको भन्दै आम नागरिकको साथमा युवा तथा विद्यार्थीले स्वतस्फुर्त सयाैं बाइक र्याली निकाली ब’न्दको अवज्ञा गरेका हुन् । बन्द सधैंको लागि बन्द हुनुपर्ने भन्दा युवा विद्यार्थीले भक्तपुरमा आम ह’ड्तालको वि’रुद्धमा वाइक र्याली निकालेका हुन् ।