ताजा पोस्ट :

महासंघले श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने

24100

नेपाल पत्रकार महासंघले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई उपलबध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशै पेश्की व्यवस्था गर्न महासंघ आहृवान गरेको छ ।  महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसंगै श्रमजीवी पत्रकारका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णय सहित उपाध्यक्ष विपुल पोख्रेलको र महासचिव रमेश विष्टको संयोजकत्वमा गठित समितिले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने उल्लेख गरिएको छ ।

साथै बैठकले समाचार संकलनार्थ सिंहदरबार जो पत्रकारहरुको प्रवेशमा गरिएको कडाईप्रति आपत्ति प्रकट गर्दै सिंहदरबार प्रवेशमा सहज वातावरण बनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह समेत गरेको छ ।