ताजा पोस्ट :

डेरावालहरुसंग विद्युतको महशुल बढी लिन नपाइने, लिएको पाए कारवाही

26900

कुलमान घिसिङले काठमाडौंका घरबेटीहरुले आफ्नो घरमा बस्ने डेरावालहरुसंग विद्युतको ब्यापार गरेको भन्दै त्यसो नगर्न कडा चेतावनी दिएका छन् । उनले काठमाडौंका घरबेटीलाई भाडामा बसेकाहरुसंग विद्युतको ब्यापारमा नलाग्न भनेका हुन् ।

हाल घरबेटीहरुले डेरावालको बाध्यता र बिवशताको लाभ उठाउंदै बिधुतमा नाफा खाने गरेको भन्दै त्यस्ता घरभेटीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन्। त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ । घिसिङ्गले स्पष्ट थप स्पष्ट पारे,१३ रुपैयाँ प्रति युनिट प्राधिकरणलाई तिरेर २० रुपैयाँ उठाउन कसैले पनि पाउँदैनन् ।