ताजा पोस्ट :

मूलपानीमा पर्खालमा पुरिएर ३ जनाको र ललितपुरमा पहिरोमा पुरिएर १ जनाको मृत्यु

28600

बाढीपहिरोमा परि १९ को मृत्यु

अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शनिवार बिहानसम्म १९ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सात बेपत्ता छन् ।

मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी छ । गृहका अनुसार काठमाडौं र खोटाङमा तीन–तीनजनाको मृत्यु भएको छ । त्यस्तै, झापा, काभ्रे र भोजपुरमा दुई–दुईजनाको मृत्यु भएको छ । पर्सा, रामेछाप, सिन्धुली, ललितपुर, धादिङ, ओखलढुंगा, बारा र मकवानपुरमा एक–एकजनाको मृत्यु भएको छ ।

विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ । तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएका छन् । पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालयले जनाएको छ ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामै चारको ज्यान गएको छ । काठमाडौंको मूलपानीमा पर्खालमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने ललितपुरमा पहिरोमा पुरिएर एकजनाको ज्यान गएको छ ।