ताजा पोस्ट :

अबदेखि एरपोर्टमा लगेज हराए वा टुटफुट भए क्षतिपूर्ति ७ लाख ३५ हजार तिर्नुपर्ने

24900

नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि  लागु भएको छ । संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको मोन्ट्रियल कन्भेन्सन  लागुभएको हो। सन् १९९९ मा पारित भएको महासन्धि नेपालमा कार्यान्वयन आएसँगै नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढेको छ।

विगतमा वार्सा महासन्धिअनुसार नेपाली यात्रुका परिवारले २० हजार अमेरिकी डलर मात्र क्षतिपूर्ति पाउने गरेका थिए । अब क्षतिपूर्ति रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् १ लाख ५७ हजार २०९ अमेरिकी डलर भएको छ। नेपाली यात्रुलाई क्षतिपूर्ति रकममा चित्त नबुझे नेपालकै अदालममा मुद्दा दायर गर्न पाइनेछ।

सामान हराए

कार्गो सामान तोकिएको समयमा आपूर्ति नभए वा हराए वा खराब भए प्रतिकिलो १९ एसडीआर अर्थात् ३ हजार १५ रुपैयाँ, ब्यागेज तोकिएको समयमा नपुगे वा हराए वा खराब भए प्रतिकिलो १ लाख ७९ हजार ४ सय ८९ रुपैयाँ तोकिएको छ । यस्तै समयमै ब्यागेज नपुगी हराए वा खराब भए वा नष्ट भए प्रतियात्रु प्रतिकिलो ७ लाख ४४ हजार ९ सय ३७ रुपैयाँ क्षतिपूर्ति सम्बद्ध वायुसेवा कम्पनीले तिर्नुपर्ने छ ।