ताजा पोस्ट :

गुठी विधेयकले निम्त्याएको उपत्यकावासीको आक्रोश, कुनै शक्तिले थेग्न सक्दैन

14500

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गरे। गुठीसम्बन्धी विधेयकलगायत सरकारले संविधानविपरीत ल्याएका विधेयकविरूद्ध काठमाडौंमा दिनहुँ विरोध प्रदर्शन भइरहेको भन्दै उनले समयमै सच्चिन चेतावनी दिए। ‘विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालासँगको सहमतिमा संशोधन भएन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ भन्न सकिन्न’ उनले भने। गुठीसम्बन्धी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक महत्त्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको उनको आरोप छ।