ताजा पोस्ट :

निशान अपहरण र हत्या प्रकरण, शंकाको घेरामा इन्काउन्टर  

259000

प्रहरी इनकाउन्टरमा मृत्यु भएका दुई अपहरणकारीहरु डेराबाट पक्राउ परेको तिनका घरबेटीले दाबी गरेका छन् ।  घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्– ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें– के हो म्याम ?  हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् ।

इनकाउन्टरमा परेका निशानको अपहरणकारीहरु डेराबाट पक्राउ परेको घरबेटीको दाबी

राष्ट्रिय दैनिक पत्रिकाहरुको स्कुले बालक निशान खड्काको अपहरणपछि हत्या हुनु र अपहरणकारी भनिएका दुई व्यक्ति मारिनुमा प्रहरीकै सतर्कता र समन्वय कमी रहेको पत्रपत्रिकाहरुले औंल्याएका छन् । पत्रपत्रिकाहरुले प्रहरी इन्काउन्टरमाथि प्रश्न उठाउँदै मुठभेडलाई शंकास्पद भनेका छन् ।

कान्तिपुरले निशान खड्काका अपहरणकारी मुडभेडमा मारिएको भनेर प्रहरीले गरेको प्रचार नै शंकास्पद रहेको लेखेको छ । अपहरणकारी पक्राउ परेकाे देख्ने स्थानीयको भनाइलाई नै कान्तिपुरले समाचारमा समावेश गरेको छ ।

कान्तिपुरले जस्तै नागरिकले पनि प्रहरी इन्काउन्टरमाथि आशंका व्यक्त गरेको छ । उसले लेखेको छ– महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेकका अन्य दुई इन्काउन्टर विवादित बनेका छन् ।’

कान्तिपुरमै कालोबजारी गरे ३ वर्ष कैद हुने अर्को समाचार पनि छ ।

प्रहरीकै म्यासेजले भक्तपुरमा स्कुले बालकको ज्यान गएको समाचार लेखेको अन्नपूर्णले ‘नेकपा अझै समानान्तर कार्यालयमा’ शीर्षक दिएर नेकपाको कार्यालय व्यवस्थापनबारे समाचार छापेको छ ।

नयाँ पत्रिकामा एकै महिनामा २३ बलात्कारका घटना भएको समाचार छ । गैरजिम्मेवारपूर्ण रुपमा प्रहरीले अपहरणकारीलाई एसएमएस पठाउँदा बालकको ज्यान गएकोलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज