ताजा पोस्ट :

तारकेश्वर ९ मा बामगठबन्धनको संयुक्त घरदैलो

4320

काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ९ मा वामगठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

वामगठबन्धनबाट वडाअध्यक्ष मदनकुमार अधिकारी सहित वडासदस्यका राधिका महर्जन, अप्सरा डंगोल र नारायण महर्जनले उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । यतिबेला तारकेश्वर ९ मा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता÷कार्यकर्ताले भोट वडामा एउटै चिन्ह प्रयोग गरेका छन् । वडा अध्यक्ष जुन पार्टीबाट सोही पार्टीको चुनाव चिन्ह नै प्रयोग गरेका छन् । त्यसैले सबैका लागि गोलाकार भित्रको हसिँया हथौडामा भोट मागिरहेका छन् । त्यस्तै एकीकृत समाजवादीका वडा अध्इक्ष भएका स्थानमा माओवादी केन्द्रले पनि कलमबाट नै भोट मागिरहेका छन् ।

तारकेश्वर नगरपालिकामा मेयर पदमा एकीकृत समाजवादीबाट लवकुमार बस्नेतले चुनाव चिन्ह कलम लिएर चुनावी अभियानमा रहेका छन् । उपमेयरमा माओवादी केन्द्रबाट धनलाल महर्जनले चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचनमा होमिएका छन् ।