ताजा पोस्ट :

तारकेश्वर प्रतिभा परिचय कोषको पहिलो संस्करण विमोचन हुदै

4750

काठमाडौं । ऐतिहासिक प्रथम तारकेश्वर साहित्य महोत्सवमा दीपक भेटुवालको लेखन एवं संकलन रहेको लघु पुस्तक तारकेश्वर प्रतिभा परिचय कोषको पहिलो संस्करण विमोचन हुने भएको छ । प्रथम तारकेश्वर साहित्य महोत्सवको अवसरमा सम्मानित हुने साहित्यकार तुलसीनाथ उपाध्याय घिमिरे, साहित्यकार तीर्थप्रसाद ढकाल, साहित्यकार विश्वम्भर घिमिरे चन्चल,साहित्यकार लुमणी आचार्य, कलाकार लक्ष्मण बिक्रम बस्नेत, समाजसेवी सानुबाबु विन्दुकार, प्रा. डा. केशव खड्का, साहित्यकार धर्मराज अर्याल, प्रा. डा. घनश्याम पुडासैनी, पत्रकार राजेन्द्र कुमार श्रेष्ठ (आर के धर्मस्थली), गायक धुर्वराज खड्का,पत्रकार रामचन्द्र शर्मा सन्जेल,समाजसेवी सरस्वती काफ्ले, युवा साहित्यकार देवेन्द्र अर्याल, डा. कान्छी महर्जन लगायत विभिन्न क्षेत्रका १५ जना व्यक्तिहरूको विवरणात्मक परिचय समेटिएको छ । पुस्तक भोलि हुने साहित्य महोत्सवमा प्रा.डा. वासुदेव काफ्ले र तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले संयुक्त रूपमा विमोचन गर्ने भएका छन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएका भेटुवालको मृत्यु, सुवर्णले रोपेका फूलहरू, सुवासिला फुलहरु, एक जोर लगायतका झन्डै एक दर्जन पुस्तकहरू प्रकाशित भएका छन् । साहित्यकार भद्रकुमारी घलेबारे लेखिएको भद्रकुमारी घले र उनका आयामहरू उनको पछिल्लो चर्चित पुस्तक हो । उक्त पुस्तकको राजधानीमा केही समयअगाडि पूर्व उपराष्ट्रपति परमानन्द झाले विमोचन गरेका थिए ।