ताजा पोस्ट :

शिवपुरीको थानपतीमा स्वास्थ्य चौकी भवनको शिलान्यास

2890

नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका को वडा न ८ थानापतिमा स्वास्थ्य चौकी भवन सोमबार  शिलान्यास गरिएको छ ।                                                                           कार्यक्रमलाई सम्बोधन गर्दै शिवपुरी गाउँपालिका अध्यक्ष  रामकृष्ण थापाले स्वास्थ्य चौकी भवन बेलैमा र गुणस्तरीय बन्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा शिवपुरी गाउँपालिका भौतिक पूर्वाधार निर्माणमा अगाडि रहेकोमा सम्मान पाइसकेको भन्दै स्वास्थ्य, शिक्षा, खेलकुद र विकासलाई सँगै अगाडि बढाउन सफल भइरहेको बताउनुभयो ।

उहाँले पालिकाभित्र सामुदायिक अस्पताल बनिसकेको, १० शय्याको अस्पताल पनि बन्ने अवस्थामा रहेकोले स्वास्थ्य क्षेत्रमा पनि उल्लेख प्रगति हासिल गरेको बताउनुभयो ।