ताजा पोस्ट :

 मनमैजु सांस्कृतिक समाजको भाद्र महिनाको ‘मन्थन’ योग अभ्यास भर्चुअल रुपमा सम्पन्न

6150

तारकेश्वर, मनमैजु सांस्कृतिक समाजको  भाद्र महिनाको  ‘मन्थन’ कार्यक्रम भाद्र ६ गते शनिबार योग र प्राकृतिक चिकित्सामा केन्द्रित रहेर भर्चुअल रुपमा सम्पन्न भएको छ । समाजले योग अभ्यास श्रृंखलामा रोग प्रतिरोधी क्षमता वृद्धि सम्बन्धी आधरधुत जानकारी तथा योग अभ्यास सहित गरेको थियो।  योग गुरु एवं प्राकृतिक चिकित्सक कञ्चन घिमिरेको प्रवचन र छलफल मा सञ्चालन भएको  कार्यक्रम अत्यन्तै फलदायी भएको उपस्थीत सहभागीहरुले जनाउनुभएको थियो ।  कोभिड १९ को महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था भएकाले अनलाईन कार्यक्रम राखिएको मनमैजु सांस्कृतिक समाज, सञ्चार विभागका प्रमुख श्रीराम केसीले जनाएका थिए । सो कार्यक्रम भाद्र ६ गते शनिवार भर्चुअल रुपमा १ घण्टा सञ्चालन भएको थियो । 

 वक्ता कञ्चन घिमिरेले मूलतः कोभिड १९ को बढ्दो संक्रमणका बीच आफ्नो रोग प्रतिरोधी क्षमता कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा केन्द्रीत रहेर अनलाइन योग अभ्यास गराएका थिए । कोरोनाको संक्रममणको यो जटिल  अबस्थामा मानिसहरुलाई आफ्नो स्वास्थयको ख्याल राख्न प्रेरित गर्ने उद्देश्यले मन्थननमा अनलाइन योग अभ्यास गरिएको हो । कार्यक्रममा तारकेश्वर नगरपालिकाका कार्यकारी प्रमुख शिव लम्साल पनि सहभागी हुनु भयो । उहाँले यो कार्यक्रम अत्यन्तै साँन्दर्भिक बेला भएको र आगामी दिनमा योगलाई अगाडि बढाउन नगरपालिकाले पनि मिलेर काम गर्ने बताउनु भयो ।  कार्यक्रममा जुम मार्फत २३ जना सहभागी हुनु भएको थियो ।  मनमैजु सांस्कृतिक समाजले प्रत्येक महिनाको पहिलो शनिवार सञ्चालन हुने ‘मन्थन’ श्रृंखलामा समसामयिक र सामाजिक विषयमा ‘मन्थन’ चलाउँदै आएको छ । आगामी मन्थन असोज ३ गते मा प्रागारिक कृषि विषयमा छलफल हुने भएको छ ।