ताजा पोस्ट :

नेपालमा कोरोना भाइरसका कारण एकै दिन ६ जनाको ज्यान गयो, मृत्यु हुनेको संख्या ६४ पुग्यो

4590

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण एकैदिन ६ जनाको मृत्यु जनाले ज्यान गुमाएका छन् ।  पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

काठमाडौंः काठमाडौंमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेकी छिन् ।  मनमोहन अस्पतालबाट उनी १६ गते बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । 

मोरङः कोरोना भाइरसका कारण मोरङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका ८ दर्बेसाका ४५ वर्षीय पुरुष र विराटनगर ९ गुद्रिका ४५ वर्षिया पुरुष रहेका छन् । गुद्रिका ती पुरुष मधुमेह र लिभर सम्बन्धी रोगबाट पीडित रहेका थिए भने रंगेलीका पुरुषको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । 

पर्साः कोरोना भाइरसका कारण पर्सामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवती रहेकी छिन् । उनलाई पटक पटक बान्ता भएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको  हो । कोरोना परीक्षण गर्दा परिक्षणको नतिजा पोजिटिभ आएको हो । त्यस्तै, अर्का वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष रहेका छन् । उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । साउन १८ गते पीसीआर परिक्षण गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो । साउन २० गते स्वास्थ्यमा समस्या भएपछि अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएको थियो । उनमा खोकी र ज्वरोको समस्या थियो । उनको आज बिहान मृत्यु भएको हो । 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।