ताजा पोस्ट :

टोखाको मनोहरमा पुल निर्माण सम्पन्न मेयर प्रकाश अधिकारीले गर्नु भय‍ो उदघाटन

11210

काठमाडौ , १९ साउन । टोखा नगरपालिकाको मनोहर तीर्थमा बनेको नयाँ पक्की पुलको सोमबार उद्घाटन गरिएको छ ।

नगरपालिकाको ८ र ११ नम्बर वडा जोड्ने सो पुल ३ करोड २३ लाख बराबर लागतमा बनेको हो । १५ मिटर लामो सो पुलको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन् गरेका हुन् ।

अघिल्लो बर्ष असारमा निर्माण सुरु भएको पुलको निर्माण छिटो भएको भन्दै मेयर अधिकारीले निर्माण कम्पनीको प्रशंसा गरे । उद्घाटन समारोहमा स्थानीय बासिन्दा, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।