ताजा पोस्ट :

विकास तथा प्रविधि समितिबाट नुवाकोटको सिसडोल डम्पिङ क्षेत्रको अनुगमन।

3310

नुवाकोट - प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सोमबार नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ र २ मा पर्ने सिसडोलको अनुगमन गरेको छ । 

काठमाडौ उपत्यकाको फोहोर बिसर्जन स्थल रहेको उक्त सिसडोलमा भइरहेको फोहोरको ब्यवस्थापनको सन्दर्भमा उत्पन्न विकराल अवस्थाको जानकारी लिन एंव नुवाकोट र धादिङको सिमाना बञ्चरे डाँडामा निर्माण गर्न लागिएको ल्याण्डफिल साइडको समितिले अनुगमन गरेको हो ।

समितिका सभापति कल्याणी खड्का सहित पदाधिकारी र नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुले ककनी ओखरपौवामा गएको पहिरोबाट अवद्ध सडकको समेत  अनुगमन गरी तत्काल मर्मतका सम्बन्धित निकायमा निर्देशन दिएको अनुगमन पश्चात नुुवाकोटका प्रतिनिधिसभा सदस्य तथा नेकपाको नेता हितबहादुर तामाङले जानकारी दिनुभयो ।