ताजा पोस्ट :

समाज सचेतन केन्द्रले तीन महिने सिलाई कटाई तालिम सञ्चालन गर्दै ।

2640

नुवाकोट– नुवाकोटको विदुर स्थित समाज सचेतन केन्द्रमा तीन महिने आधारभुत सिलाई कटाई तालिम सञ्चालन हुने भएको छ । तालिम आगामी असार ८ गतेबाट सञ्चालन हुने छ । स्थानीय स्तरमा रहेका यूवा वर्गलाई लक्षित गर्दै सिपमुलक तालिम सञ्चालन गर्न लागिएको हो ।

तालिममा करिव ५० जना सहभागी हुने छन् । उक्त  तालिम निशुल्क प्रदान गरिने र इच्छुक ब्यक्तिहरुले असार ५ गते भित्र नाम दर्ता गराउन सक्ने संस्थाका अध्यक्ष यम कुमार खातीले बताउनुभयो ।

 

सचेतन सामुदायिक सिकाइ केन्द्र र सचेतन पुस्तकालयको छुट्टा छुट्टै बैठकबाट सो कार्यलाई समयमै सफलतापूवर्क सम्पन्न गर्न सहयोगी रहने बताइएको थियो । 

पुस्तकालयको आज बसेको बैठकले पुस्तकालयको दिगोपना र ब्यवस्थापन लगायतको क्षेत्रमा सहयोग प¥ुयाउनु हुने संघीय सांसद नारायण प्रसाद खतिवडालाई धन्यवाद दिनुका साथै अन्य सहयोगीको नामावली शिलालेखमा राख्ने निर्णय भएको पुस्तकालय समितीका अध्यक्ष सन्तोष खनालले बताउनुभयो । साथै सचेतन पुस्तकालयको वार्षिक साधारणसभा आगामी श्रावन ११ मा गर्ने समेत निर्णय भएको छ ।