ताजा पोस्ट :

समाज सचेतन केन्द्र नुवाकोटको तेस्रो पुर्ण बैठक सम्पन्न ,

3230

विदुर - समाज सचेतन केन्द्र नुवाकोटकाे तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । ०५६ मंसिर २७ देखि ०७६ जेठ मसान्तसम्म सतेनत बिकाशमा नगद वा जिन्सी पाँच हजारभन्दा माथि सहयोग गर्नेहरूकाे रिपोर्ट शिलालेखकाे उद्घाटन गर्ने निर्णय गरेको छ ।

 

संघीय सभासद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यता एवं विदुर नगर कार्यपालिका प्रमुख ज्यूकाे उपस्थितिमा असार ८ गते अाईतबार ११ बजे उद्घाटन गर्ने निर्णय गरेको हाे ।

 

पाँच हजार भन्दा माथि सहयोग गर्ने दानविरहरू १२६ जना रहेका छन । ५० जनालाई ३ महिने निसुल्क सिलाई कटाईकाे तालिम पनि ८ गते अाईतबार ११ बजे नै उद्घाटन गर्ने भएको छ ।

 

बैठकले अागामी २०७६ साउन १८ गते सनिवार २० अाैं साधारणसभा गर्ने निर्णय गरेकाे छ । केन्द्रकाे कार्यालय बिदुरकाे सभाहलमा अध्यक्ष यमकुमार खाती काे अध्यक्षतामा बैठक सम्पन्न भएको हाे । २०७६ जेठ  २८ गते बैठक बसेकाे हाे ।