ताजा पोस्ट :

अस्थायी करार शिक्षकलाई शिक्षक महासंघ प्रवेशमा रोक।

51610

भरतसन्तोषी,- काठमाडौं, २३ फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार आज महासंघको केन्द्रिय कार्यलय केशर महलमा हुने भनिएको शिक्षकहरुको धर्ना तथा रिले अनशन कार्यक्रम प्रवेशमा प्रशासनले रोक लगाएको छ।

काठमाडौको भद्रकालीमा आफ्नो  शान्तिपूर्ण प्रदर्शन सकेर केशर महल स्थित शिक्षक महासंघ को केन्द्रिय कार्यलयमा  धर्ना बस्न पुगेका शिक्षकहरुलाई माथिको आदेश भन्दै प्रशासनले प्रवेशमा रोक लगाएको अस्थायी शिक्षक संघर्ष समितिका महासचिव बिश्वास अधिकारीले बताउनुभयो।

संघर्ष  समितिका केन्द्रिय अध्यक्ष हरिबंश  पराजुलीले शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप कदापि स्वीकार्य नहुने बताउनुभयो।अन्यायमा परेका आम छुट अस्थायी शिक्षकको मुद्दामा आन्दोलित शिक्षकहरुको आन्दोलन तथा धर्ना कार्यक्रममा प्रहरी लागाए हस्तक्षेप हुँदा पनि महासंघ चुपचाप रहनु शैक्षिक बिद्रोह संकेत भएको संघर्ष समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले टिप्पणी गर्नुभयो।

यस अगाडि संघर्ष समितिका विभिन्न अस्थायी करार शिक्षक सम्बद्ध मुद्दा लिएर शिक्षक महासंघ मा धर्ना, शिक्षा तथा मानव विकास श्रोत  केन्द्र भक्तपुरमा रिले अनशन,माइतीघर मण्डला परिक्रमा लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका  थिए ।

२०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग उनीहरुको छ। यस अगाडि २०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको सम्बन्धमा शिक्षा तथा मानव बिकास श्रोत बिभागका महानिर्देशक बाबुराम पौडेल सामु  शिक्षकहरुले गुनासो गरेका थिए ।

सो अवसरमा बिभागका महानिर्देशक पौडेलले अस्थायी करार शिक्षकलाई अन्याय मा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 सरकारलेनै यस अघि भएको सम्झौता तथा संधिानको पालना नगरे सम्म आन्दोलनका साथ निरन्तर अगाडि बढ्ने संघर्ष समितिले बताएको  छ ।