ताजा पोस्ट :

नुवाकोट शिवपुरी गाउँपालिका अध्यक्षलाई नेकपा शिवपुरी को ज्ञापनपत्र ।

55960
हरि भेटवाल - नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिका मा गाउँपालिका अध्यक्ष रामकृष्ण थापालाई पुर्व नेकपा एमाले र पुर्व माओवादी केन्द्र नेकपा आज सयुक्त रुपमा १४ बुदे ज्ञापनपत्र नेता कार्यकताहरु नारा जुलुस सहित शेराबगर पुगि बुझाएको छ। गत बर्षको बजेटमा जनताको अाबश्यकता अनुसार काम हुन नसकेको र शिवपुरी को आठै वडामा भुकम्प पिडित हरु को आवास निर्माण किस्ता लिन झन्जट दिएको र गुनासो सुनाई नभएको र र वडा ले हुने काम मा विभेद गरेको र शिक्षक सरुवा बढुवामा आफ्नो अर्को गरि विभेद भएको र वडा को योजना हरुमा उपभोक्ता समिति गठन गर्दा निष्पक्ष नभएको र गाउँ पालिकाले कृषि क्षेत्रमा आउने बजेट कृषकहरूलाई नदिएको र गाउँ पालिकामा मनोमानी कर्मचारी भर्ती गरेको गाउँ पालिका भित्र को नदिहरुमा अबैध भएको बालुवा ढुङ्गा उत्खनन कार्य रोकिनु पर्ने र वडा न ७ को सुईरे चौरमा निर्माण हुन लागिएको प्रदेश स्तरीय राष्ट्रिय अायुर्बदिक अन्शन्धान केन्द्र निर्माण गने बाताबरण बनोस र गाउँपालिकाले ३ दिन भित्र गाउँ पालिकाले गरेको खर्चको बिरण सार्वजनिक सुनवाइ राख्नु पर्ने र माग पूरा नभए कडा आन्दोलन गन नेकपा का नेता पदम उप्रेती र मीन ब तामाङले बताउनुभयो । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले पहिलो बर्षमा भएको कमि कम्जोरिलाई सुधार गरि माग को सम्बोधन गर्ने नेकपा का नेताहरू लाई वचन ब्यक्त गर्नु भयो ।