ताजा पोस्ट :

नुवाकोटका युवा गायक तथा नायकको नयाँ म्युजिक भिडियो बजारमा आउदै,

5550

नुवाकोट - ककनी गाउँपालिका २ नुवाकोटका गजलकार राजेन्द्र घिमिरे सागर को  शव्दमा संगीत संयोजन बिजेश्र्‍वर तण्डुकार, गायन तथा संगीत निश्चल घिमिरे को रहेको गाजलीलाई आज ..बोलको गितको  म्युजिक भिडियो  निर्माणकार्य धमाधम  भइरहेको  छ ।

 

निर्मात्री  देवि पन्त द्वारा निमाण गर्न लागिएको यो  मुजिक भिडियोमा  गायक तथा संगीतकार निश्चल घिमिरेले नायकको भुमिकामा अभिनय गरेका छन । यो  भिडियोमा गाजलीको भुमिकामा नव नायिका शिरिष केसीको अभिनय  रहेको छ ।

यसैगरी नवीन भट्टराई , सन्तोष दाहाल ,श्रीस्टी रानामगर , रक्षा घिमिरे लगायतले अन्य  कलाकारको रुपमा अभिनय गरेका छ्न । दिपक घिमिरेको निर्देशनमा रामकृष्ण चौलागाईंले छायांकन गरेको यो भिडियो शिवालय मिडिया प्रा लि ले सम्पादन गरिरहेको छ ।

यो मुजिक भिडियोको  सुन्दरीजल  गोकर्ण , सामाखुशीको  स्काई बैङ्केट लगायत काठमाडौका विभिन्न ठाउँमा छायांकन कार्य सम्पन्न भइसकेको छ। हाल सम्पादनको क्रममा रहेको यो मुजिक भिडियो छिट्टै दर्शकमाझ आउने निर्मात्री देवि पन्तले  जानकारी  गराएकी छिन  ।

साथै गायक  निश्चल घिमिरेको स्वरमा नयाँ गितहरु पनि रेकर्डिङ भइरहेको छ