ताजा पोस्ट :

 नेप्सेमा १ सय १ अङ्कको पहिरो , आइपुग्यो २७ सय विन्दुमा    

4450

काठमाण्डाै - शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि पाँच वटा कम्पनीको शेयर सामान्य बढेको छ ।