ताजा पोस्ट :

नेप्सेमा नयाँ रेकर्ड, १५ सय विन्दु नाघ्यो, ३ अर्ब ६० करोडको कारोबार

10180

काठमाण्डौ । नेप्से परिसूचकमा उछाल आई बजार १५०० को विन्दू पार गरेको छ । आइतबार सुरुवातदेखि नै उछालको गतिमा दौडिएको बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा १५०० को विन्दू पार गर्न सफल भएको हो । 

नेप्से परिसूचक ६९.५६ अंकले बढेर १ हजार ५ सय ४ दशमलव १४ विन्दुमा पुगेको छ भने नयाँ रेकर्ड कायम गर्दै आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ बराबरको कारोवार भयो । 

अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा वामदेव गौतम आउने राजनीतिक कुरोसँगै शेयर बजार उचालिएको हो

केही सातादेखि वित्तीय क्षेत्रमा ब्याजको आधार दर घटिरहेको छ । आधार दर घट्दा ऋणको ब्याज पनि कम हुन्छ । ऋणको माग नभएर तरलता थोरै बचतमा रहेका बेला बैंकहरुले शेयर बजारमा खन्याउन थालेका छन् ।

साताको पहिलो दिन आइतबार कारोबारका रुपमा बजार खुलेको पहिलो २० मिनेटमा ४३ अंक उक्लियो।  

बजारमा अर्थमन्त्री हट्ने हल्ला र प्राविधिक विश्लेषणहरुले अब बजार रोकिने अर्को विन्दु १६ सय माथि हो भने पछि लगानीकर्ताहरु नाफा बुक गर्नुको साटो लगानी बढाउनतिर लागेपछि कारोबार अस्वभाविक बढेको हो । माग बढेपछि सूचक ७५ अंकसम्म उक्लियो ।

बजारमा एकैदिन ४.७१ प्रतिशतको बढोत्तरीको निकै दुर्लभ घटना भएको छ । यस्तै, कारोबार रकम समेत २ घण्टामै २ अर्ब माथि पुग्ने अर्को रेकर्ड समेत आजै ब्रेक भएको छ । राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स पनि एकैदिन १५.६१ अंकले बढेको छ । यो पनि नयाँ रेकर्ड हो ।