ताजा पोस्ट :

बैंकास्योरेन्स सेवा फुकुवा गर्दै राष्ट्र बैंक, बैंकले बीमालेख बिक्री गर्न पाउने

10690

 राष्ट्र बैंकले बैंकास्योरेन्स बन्द गरिदिएपछि त्यसलाई खुलाउन बैंकर तथा बीमा कम्पनीहरुले निरन्तर रुपमा दबाब दिएपछि उसले बैंकास्योरेन्स पुनरावलोकन गर्ने संकेत दिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा बैंकहरुले बीमालेख बिक्री गर्न पाउने पुरानो व्यवस्थालाई निरन्तरता दिने तयारीमा राष्ट्र बैंक पुगेको छ ।

बैंकमार्फत बीमालेख खरिद गर्दा बीमितलाई नै सजिलो हुने बैंकहरुले राय राख्दै आएका छन् । बैंकमार्फत बीमा गर्दा बीमितको प्रिमियम सिधै बैंक खाताबाट काटिने हुँदा उनीहरुलाई धेरै सजिलो हुने तर्क बैंकरहरुले राख्दै आएका छन् ।

बैंकहरुले बीमालेख बिक्री गर्न थालेपछि बीमा अधिकर्ताहरुले पनि विरोध गर्दै आएका थिए । कतिपय पहुँचवाल अभिकर्ताहरुले राष्ट्र बैंकमै गएर बैंकहरुले बीमा लेख बेच्न नपाउने व्यवस्था गरिदिन लविङ समेत गरेका थिए । 

बैंकहरुले करोड करोड रुपैयाँमाथिको कर्जा लिनेहरुका लागि बीमा गराउन नसक्ने तर जो बोल्न सक्दैन गरिव छ उसलाई चाँही बाध्यात्मक रुपमा बीमा गराउनु न्यायसंगत नभएको राष्ट्र बैंकले तर्क गर्दै आएको थियो ।