ताजा पोस्ट :

त्रिशुलीमा एनआईसी एसिया बैंकको नयाँ शाखा,

6790

नुवाकोट -एनआई सी एशिया बैंकले नुवाकोटको त्रिशुलीमा नयाँ शाखा खोलेको छ ।शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, वडा नं १ का वडाअध्यक्ष लेनिन रन्जित लगायतले गरेका छन ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर शाखा कार्यालयहरु खोल्न सफल भएको बैकले जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।