ताजा पोस्ट :

सास्कृतिक सम्पदा देखि प्राकृतिक सम्पदाको अवलोकन एकै दिन सम्पन्न ।

11670

हरी भेटुवाल - शिवपुरी काठमाडौ को टोखा नगरपालिका को वडा न २र ३ अन्तरगत रहेका सास्कृतिक संरक्षीत क्षेत्र देखि शिवपुरी प्रकृतिक मनोरम सुन्दर काखमा अबस्थित सुईरे चौर सम्म टोखा केब मिनि फनपार्कको ब्यबस्थापन पदयात्रा कार्यक्रम माघ २५ गते सम्पन्न भएको छ।

नेपाल भ्रमण वर्ष २०२० को अबसर मा टोखा र नुवाकोट को शिवपुरी सुईरे चौरमा मा अान्तरिक तथा बाह्य पर्यटन प्रवदन गर्ने उधेश्यले उक्त कार्यक्रम आयोजना गरेको टोखाका पर्यटन प्रवद्वन अभियानता मनिराज डङगोले बताउनु भयो ।

 

उक्त पदयात्रिहरुलाई टोखा नगरपालिका वडा न ३का वडा अध्यक्ष सिहराज श्रेष्ठले झाकि सहित टोखामा स्वागत गरिएको थियो भने नुवाकोटको शिवपुरी को सुईरे चौरमा शिवपुरी गाउँपालिका वडा न ७का वडा अध्यक्ष माधवप्रसाद भेटुवालले सुईरे चौरमा स्वागत गरिएको थियो ।

 

पदयात्रा कार्यक्रममा ७० जना पदयात्री सहभागी भएको मनिराज डङगोलले शिवपुरी अनलाइन लाई जानकारी दिनु भयो ।