ताजा पोस्ट :

टानले ककनि देखि सुर्यचौरसम्म हाईकिङ कार्यक्रम र्गदै

40350

नुवाकोट  ट्रेकिङ एजेन्सिज असोसिएसन अफ नेपाल ९टान० ले विश्व पर्यटन दिवस २०१८ को अवसर पारेर यहि असोज ९ गते हाइकिङ गर्ने भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्वारा उद्घाटन गरिने उक्त पहाड गन्तव्य यात्रा ककनी मेमोरियल पार्कदेखि सुरु भई शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै शिवपुरी गाउँपालिका को वडा न ८ को थानपतिको चैजु हुदै वडा न ७ को सुनखानिको पर्यटकिय तथा रमणिय स्थान सूर्यचौर सम्मको हाईकिङ रहेको टानले बताएको छ ।

टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले  दिएको जानकारि अनुसार उक्त पदयात्रा असोज ९ गते अर्थात् विश्व पर्यटन दिवसलाई लक्षित गरीआयोजना गर्ने निर्णय गरिएको हो ।

विश्व पर्यटन दिवस यही २७ तारिखमा रहेको छ ।

उक्त साहसिक पदयात्रामा पर्यटन सम्बद्ध सबै संस्थाहरु समेत सहभागी हुने छन् ।

समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट शिवपुरिको मनरोम दृष्र्य अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल, अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य तथा सात जिल्लाको ठाउँ ते बाट अवलोकन गर्न सकिन्छ ।

सूर्यचौर हाइकिङ्गको लागि एक राम्रो  स्थल हो । यस्तो पदयात्रा कार्यक्रम ले शिवपुरिको पर्यटन विकासमा टेवा पुग्ने शिवपुरि ४ सिक्रेका स्थानिय बासिन्दा तथा गुरmङ पर्यटन ब्याबसायि सघं नेपालका महासचिव ईश्वर गुरmङ बताउनुहुन्छ । शिवपुरि गाउँपाकिा भित्र रहेका यस्ता पर्यटकिय स्थान हरmलाई ट्रेकिङको रmट हरm विस्तार गरि स्थानिय तह शिवपुरी गाउँपाकिा दिगो पर्यटन विकासको लागि समृद्ध शिवपुरी बनाई विकासमा टेवा पुग्ने शिवपुरीका समाजसेवि तथा गैर सरकारी सस्था महासघं नुवाकोटका पुर्व अध्यक्ष पदम उप्रेति बताउनु हुन्छ ।