ताजा पोस्ट :

खेलकुद

कतारमा हुने विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक

काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ को उद्‍घाटन खेल आयोजक राष्ट्र कतार र ईक्‍वेडरबीच अल बायत स्टेडियममा नोभेम्बर २१ मा हुने तय भएको छ । त्यसैगरी पूर्व विश्वकप विजेता जर्मनी र स्पेन पनि एउटै समूहबाट खेल्ने भएका छन् । कतारमा गएराती आयोजना गरिएको ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका छन् । आठ समूहमा विभाजित ३२ राष्ट्रहरु संलग्न रहेको कतार विश्वकप २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ । गएराती आयोजित ड्र कार्यक्रममा समूह ए मा आयोजक राष्ट्र कतार, इक्‍वेडर, नेदरल्याण्डस् र सेनेगल रहेका छन् । समूह बी मा इङ्ल्याण्डसहित...

Read more

प्रथम निर्मल बाटिका कराँते च्याम्पियनसिप -२०७६ सम्पन्न।

काठमाण्डौ - टोखा नगरपालीका वडा ११ अवयस्थित निर्मल बाटिका एकेडेमीद्धारा मिति २०७६ पौष ५ गते शनिवार आयोजित प्रथम निर्मल बाटिका कराँते च्याम्पियनसि–२०७६ सम्पन्न भएको छ । उक्त कार्यक्रममा कुल ९ विद्यालयका १९६ प्रतिश्पर्धी सहभागी थिए ।   १० गोल्ड, १४ रजत र १२ कास्य गरी कुल ३६ पदक सहित सप्तगण्डकी स्कुल टिप प्रथम हुन सफल भएको थियो भने आयोजक निर्मल बाटिका १० वटा गोल्ड, ३ वटा सिल्भर र ७ वटा कास्य पदक सहित कुल २० पदकको साथ टिप द्धितिय हुन सफल भएको थियो ।   त्यसैगरी ४ वटा गोल्ड, र १० वटा कास्य गरी कुल १४ पदकका साथ ग्रिनविच एकेडेमी टिम...

Read more

पोखरामा १३ औँ सागः हुने आठ खेलमा ६६२ खेलाडी सहभागी

१३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ । जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि सार्क राष्ट्रबाट महिला ४०१ र पुरुष २६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए । प्रतियोगितामा १७२ अफिसियल सहभागी हुँदैछन् । आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहने छ जसमा ५२ पुरुष र १०२ महिला तथा ३० अफिसियल सहभागी...

Read more

करातेमा अनुरतिले पाईन अन्तर्राष्ट्रिय रजत पदक।

काठमाडौ,फिलिपिन्सको सिबु स्थित लापु लापु शहरको होप्स डोम खेलमैदानमा हिजो भएको कराते-डो गोजुकाई कराते एसिफिक प्रतियोगितामा नेपालको तर्फबाट १३ वर्ष मुनिको उमेर तथा ४२ केजी भन्दा कम तौल समुहमा अनुरती  कार्कीले रजत पदक हासिल गरेकी छिन।   प्रशिक्षक अच्युतराज उप्रेतीका अनुसार नेपाल सरकारले भ्रमण वर्ष २०२०लाई सहयोग पुर्याउने लक्ष्य अनुसार अन्तर्राष्ट्रिय गोजुकाई कराते-डो संघका अध्यक्ष तथा ग्राण्ड मास्टर गुशी आमागुची मार्फत नेपाल गोजुकाई कराते-डो संघले भ्रमण वर्षको लोगो सहितको सामग्री प्रदान गर्नुभएको थियो।यस अघि सेप्टेम्बर २७ मा भएको खेलमा नेपालका...

Read more

साम्बो टोलि भारत प्रस्थान।

काठमाडौ - भारतको नयाँ दिल्लीमा  हुने एसियन साम्बो प्रतियोगितामा भाग लिने नेपाली टोली त्यसतर्फ लागेको छ ।    आगामी १० देखि १६ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ५२ केजीमा निरज भण्डारी, ५५ केजीमा प्रविण गुरुङ,६० केजीमा आशिष तामाङ,६५ केजीमा विनु छन्त्याल,६८ केजीमा सुदिप थापा,कृष्णलाल तामाङ र रबिन्स तामाङ रहेका छन । यस्तै ६४ केजीमा दिनेश मर्हजन, ८२ केजीमा प्रदिप पाण्डे,९० केजिमा सुदिप आचार्य र सुदन लामा र १०० केजी समुहका सृजेश श्रेष्ठ रहेका छन ।    त्यस्तै महिलातर्फ ४४ केजी तौल समुहमा मिरा पौडेल,५२ केजीमा भगवति माझी, ५६ केजीमा सम्बारानी...

Read more