ताजा पोस्ट :

स्वास्थ्य/ज्ञान

टोखा नगरपालिका वडा न १0मा डेङ्गु रोग नियन्त्रण जनचेतना कार्यक्रम ।

काठमाडौ - टोखा नगरपालिका वडा न १० को आयोजनामा डेङ्गु रोग नियन्त्रण सम्बन्धि जनचेतना प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम मा  टोखा नगरपालिका का  मेयर प्रकाश अधिकारीको प्रमुख आतित्यथामा प्रभातफेरि सम्पन्न भएको थियो । वडा न १० का वडा अध्यक्ष  मधुसूदन पाण्डे वडा न ११  को वडा अध्यक्ष  उत्तम अधिकारी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी  गोङ्गबु, महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क, नेपाल आर्मी, टोखा उद्योग बाणिज्य संघ, Greencity hospital लगायत विभिन्न संघ-संस्था तथा बिद्यालयको  सहभागी रहेको सामुदायिक...

Read more

पत्थरीबाट बच्न दैनिक सेवन गर्नुहोस् अमला

अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटा मिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ। प्रत्येक दिन एउटा अमला...

Read more

फलफूलमा लुकेको सौन्दर्य र फाइदाहरु 

 प्रदूषणले भरिएको वातावरणमा छाला चाँडै सुख्खा, बेजान र निस्तेज हुन्छ । छालाको गुमेको चमक फर्काउन र छालासित जोडिएको हरेक प्रकारको समस्या समाधान गर्न फलफूलको प्रयोग अत्यन्त प्रभावकारी हुन्छ ।  मेवा, स्याउ एप्रिकेट, स्ट्रबेरी आदि फलफूल छालालाई नरमपन प्रदान गर्न, रिंकल र दाग–धब्बा हटाउन, छालालाई भित्रबाटै पोषण प्रदान गर्न, रोमछिद्रमा फसेको मैलो सफा गर्न, छालाको लचिलोपन कायम राख्न तथा छालालाई चम्किलो एवं सुन्दर राख्न विशेष सहयोगी हुन्छन् ।  त्यसका अतिरिक्त केही फलफूलमा पाइने एन्टिअक्सिडेन्टले छालाका  लागि कवचको काम गरी सूर्यको हानिकारक किरणबाट हुने...

Read more

ढाड  दुख्नु को कारण :

    हिजोआज लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीका कारण ढाड दुख्ने समस्या सामान्य भएको छ । भागदौडको जीवन, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि पहिले पहिले ५० वर्ष नाघेपछि मात्र देखा पर्ने यस्ता समस्या हिजोआज जसलाई पनि भएको सुनिन्छ ।त्यसो त ढाड दुख्ने समस्या कष्टकर हुनुका साथै असहज पनि हुन्छ । यद्यपि यो समस्या गम्भीर भने हुँदैन ।विशेषज्ञहरूका अनुसार ढाड दुख्ने समस्या ढाडको हड्डी, मांसपेशीको मजबुती, लिगामेन्टले कसरी काम गरिरहेको छ र त्यो एकआपसमा कसरी जोडिएको छ भन्ने कुरामा आधारित हुने गर्छ...

Read more

अनुहारको सौन्दर्यका लागि कोरियन ब्यूटी टिप्स यस्ता छन्

कोरियाली महिला संसारमै सुन्दर मानिन्छन् ! अनुहारको सौन्दर्यका लागि कोरियन ब्यूटी टिप्स यस्ता छन् जुन तपाईले घरमै गर्न सक्नुहुन्छ !   कोरियाली महिला संसारमै सुन्दर मानिन्छन् । उनीहरू आफ्नो सुन्दरतामा एकदमै सचेत हुन्छन् । साथै, सौन्दर्य बचाइराख्न विभिन्न उपाय अपनाउँछन् । यस कारण उनीहरूको अनुहारको छालामा सधैं चमक रहन्छ । तपाईं पनि कोरियन ब्यूटी टिप्स अपनाई आफ्नो अनुहार सुन्दर र चम्किलो बनाउन सक्नुहुन्छ : तातो टावेलबाट मसाज कोरियन केटीहरू आफ्नो सुन्दरता बढाउन तातो...

Read more