ताजा पोस्ट :

नुवाकोटको किस्पाङ गाउँपालिकाले मोबाइल एप्सबाट सेवा शुरु,

14080

नुवाकोट-नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ ।गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ ९पष्कउबलन० नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।उहाँका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्र्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानून एवं निर्देशिका, बजेट तथा निर्णयलगायतका शीर्षक समावेश गरिएको छ ।

 “जनतालाई सेवा प्रवाह छिटो–छरितो एवं पारदर्शीरूपमा उपलब्ध गराउन एप्स सुविधा सञ्चालनमा ल्याएका हौँ”, लामाले भन्नुभयो, “घटना दर्ता, बोलपत्र आह्वान, गाँउपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी समस्या दर्ता तथा सुझाव र गुनासा अब इन्टरनेटको सहयोगमा जहाँ बसेर पनि मोबाइलबाटै सेवाग्राहीले गर्न सक्ने व्यवस्था मिलाइएको छ ।” नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये पहिलोे गाउँपालिकाका रूपमा किस्पाङ गाँउपालि नुवाकोटको किस्पाङ गाउँपालिकाले मोबाइल एप्सबाट सेवा  शुरु,काले यहाँ रहेको लुमिनरी सफ्टवेयर बिल्डर कम्पनीमार्फत रु ५० हजार लगानीमा एप्स तयार गरेको जनाइएको छ ।