ताजा पोस्ट :

अक्सफोर्ड’ले आङसाङ सुचिलाइ दिएको पुरस्कार फिर्ता लग्यो

13410

वेलायतको बिश्वबिद्धालयले म्यानमारकी नेतृ आङसाङ सुचिलाइ सन १९९७ मा प्रदान गरेको ‘फ्रीडम अफ अक्सफोर्ड’ सम्मान फिर्ता लगेको छ। म्यानमार रोहिग्य मुसलमान समुदायप्रति गरिएको आक्रमण र अपमानको बिरोधमा सुकीले कुनै आवाज नउठाएको भन्दै सिटी अफ अक्सफोर्डले उक्त पुरस्कार फिर्ता लग्ने निर्णय गरेको बताएको छ।

सोमवार वसेको परिषदको बैठकले सर्वसम्मतीवाट पारित गर्दै आङसाङ सुचिसँग यो सम्मान रहनु भनेको पुरस्कारको अपमान हुनु बताउँदै उक्त सम्मान फिर्ता लग्ने निर्णय गरेको हो। ‘यो निर्णयको हामीले सराहना गरेका छौँ। राहिग्य समुदायमाथीको आक्रमणमा सुकिले कुनै शब्द समेत नवाल्नु भनेको यो सम्मानको लागी उपयोगि रहिनन भन्ने हो।’ अक्सफोर्ड सिटि काउन्सिलका प्रमुख वव प्राइसले बताएका छन।

यसअघि अक्सफोर्ड बिश्व बिद्धालयमा रहेका आङसाङ सुचिका तश्वीरहरु समेत हटाउने निर्णय गरीसकेको थियो।

स्रोतः सेतोपाटी  ग्लोबल