ताजा पोस्ट :

कतारमा हुने विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक

4580

काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ को उद्‍घाटन खेल आयोजक राष्ट्र कतार र ईक्‍वेडरबीच अल बायत स्टेडियममा नोभेम्बर २१ मा हुने तय भएको छ । त्यसैगरी पूर्व विश्वकप विजेता जर्मनी र स्पेन पनि एउटै समूहबाट खेल्ने भएका छन् । कतारमा गएराती आयोजना गरिएको ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका छन् ।

आठ समूहमा विभाजित ३२ राष्ट्रहरु संलग्न रहेको कतार विश्वकप २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ । गएराती आयोजित ड्र कार्यक्रममा समूह ए मा आयोजक राष्ट्र कतार, इक्‍वेडर, नेदरल्याण्डस् र सेनेगल रहेका छन् ।

समूह बी मा इङ्ल्याण्डसहित अमेरिका, इरान र युरोपेली प्लेअफको विजेता वेल्स, युक्रेन, स्कटल्याण्डमध्ये एक रहनेछ । त्यसैगरी साविक विजेता फ्रान्स भने समूह डि मा परेको छ ।

यता ब्राजिल समूह एफ मा पर्न गएको छ भने अर्जेन्टिना समूह सी मा रहेको छ । बिभिन्न कारणले विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु गर्मीयाममा नभएर जाडोयाममा हुन लागेको हो ।