ताजा पोस्ट :

प्रथम निर्मल बाटिका कराँते च्याम्पियनसिप -२०७६ सम्पन्न।

17920

काठमाण्डौ - टोखा नगरपालीका वडा ११ अवयस्थित निर्मल बाटिका एकेडेमीद्धारा मिति २०७६ पौष ५ गते शनिवार आयोजित प्रथम निर्मल बाटिका कराँते च्याम्पियनसि–२०७६ सम्पन्न भएको छ । उक्त कार्यक्रममा कुल ९ विद्यालयका १९६ प्रतिश्पर्धी सहभागी थिए ।

  १० गोल्ड, १४ रजत र १२ कास्य गरी कुल ३६ पदक सहित सप्तगण्डकी स्कुल टिप प्रथम हुन सफल भएको थियो भने आयोजक निर्मल बाटिका १० वटा गोल्ड, ३ वटा सिल्भर र ७ वटा कास्य पदक सहित कुल २० पदकको साथ टिप द्धितिय हुन सफल भएको थियो ।

 

त्यसैगरी ४ वटा गोल्ड, र १० वटा कास्य गरी कुल १४ पदकका साथ ग्रिनविच एकेडेमी टिम तृतिय भएको थियो । सम्पूर्ण पदक विजेता खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडलद्धारा पुरस्कृत गरिएको थियो भने विजेता टिमलाई ट्रफी तथा सर्टिफिकेटद्धारा सम्मानित गरिएको थियो । सो कार्यक्रममा वेस्ट प्येयर निर्मल बाटिकाका छात्र कुन्जल थापाले पाएका थिए ।

 

सोही कार्यक्रममा बेलारुस गोमेन च्याम्पियनसिप २०१९ मा वल्ड च्याम्पियन बन्न सफल निर्मल बाटिकाका खेलाडी ग्याल्मो सोमिका लामा तथा प्रशिक्षक पासाङ तामाङलाई विशेष सम्मान गरिएको थियो । विद्यालयको खेल मैदानमा सम्पन्न उक्त प्रतियोगिता विद्यालयका प्रिन्सिपल शिव थापाको  सभापतित्वमा संचालन भएको थियो ।

 

प्रमुख अतिथि पर्यटन ब्यवसायी केशर गुरुङ तथा विशेष अतिथि विद्यालयका संचालक÷डाइरेक्टर कृष्ण बहादुर थापा थिए । शैक्षिक गुणस्तर अभिवृद्धिका साथै विद्यार्थीका सम्पूर्ण ब्यक्तित्व विकासका लागी विद्यालयले यस्ता कार्यक्रम निरन्तर गर्दै जाने कुरा प्रिन्सिपल थापाले बताए ।

 

पछिल्लो समय शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलावमा निकै शशक्त रुपमा अगाडी वढीरहेको सो विद्यालयको कार्यक्रम अत्यन्तै भब्य र सभ्य भएकोका कुरा सहभागी तथा दर्शकको प्रतिक्रिया थियो ।