ताजा पोस्ट :

दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न,

5700

काठमाडौं - दोस्रो धापासी कराँते चायम्पियनसिप  शनिबार सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि शिवपुरी यातयात प्रा लि का अध्यक्ष तथा समाज सेवि प्रलाद थापा रहनु भएको थियो । बिशिस्ट अतिथी नेपाल शितो कराँते डोको प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ रहनु भएको थियो।उक्त प्रतियोगितामा २८७ विद्यार्थीको सहभागिता थियो। 

प्रतियोगितामा कराँतेले क्लबको तर्फबाट धापासी डोजो पहिलो, गोंगबु डोजो दोस्रो, लुबु डोजोले तेस्रो स्थान हाँसिल गरेको छ। प्रतियोगितामा १० वटा कराँते क्लबको सहभागीता रहेको थियो।यस्तै सोही प्रतियोगितामा विद्यालयको तर्फबाट पहिलो स्थानमा मनास्लु विद्यालय, दोस्रोमा सिईए हाई स्कुल र तेस्रोमा महालक्ष्मी स्कुलले उपाधी हांसिल गरेको छ। यस्तै ईमर्जिग टिमको उपाधी एनआईसी एकेडेमी, सानोभर्याङले हात पारेको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो। 

प्रतियोगितामा छात्रा तर्फ धापासी डोजोकी ग्याल्मु सोमिका लामाले प्रथम स्थान र उत्कृष्ट हुँदै एनआईसी एकेडेमीकी समिक्षा भट्टराई र धापासी डोजोकी पाल्साङ गुरुङले पदक हात पारेकी छिन्। त्यस्तै छात्र तर्फबाट गोंगबु डोजोका सनिस चौधरीले प्रथम स्थान र उत्कृष्ट हुँदै धापासी डोजो करण थापा र विजेन्द्र जिसीले पदक हात पारेको शिवपुरी यातयात प्रा लि का अध्यक्ष्य प्रहलाद थापा ले शिवपुरी अनलाईनलाई जानकारि दिनु भयो ।