ताजा पोस्ट :

दुईपिपलको डबलीमा पर्यटन विकासको लागि द्वाथलन खेल,

2460

दुईपिपल, -पर्यटन विकासको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित दुईपिपलको डबलीमा द्वाथलन खेलको सफलतापूर्वक परिक्षण सम्पन्न भएको छ ।“जे गरौँ गज्जबले गरौँ” भन्ने मूल नाराका साथ द्वाथलन खेलको खेलाईएको आयोजक संस्था लियो क्लब अफ नुवाकोट परोपकारका प्रकाश रिजालले  जानकारी दिनुभयो । अन्तर्राष्ट्रियस्तरमै दुईपिपलको पहिचान दिलाउनको लागि विदुर सिटी युथ क्लब, नेपाल ट्रायथालन एसोशियासन, लियो क्लब अफ काठमाण्डौ परोपकार लगायतका स्थानीय क्लब तथा विद्यालयको आयोजनामा भएको खेलमा चार पुरुष र एक महिला गरी पाँच साइकिलिस्टको सहभागिता रहेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने उदेश्यले परीक्षणको रुपमा द्वाथलन खेल संचालन गरिएको द्वाथालन कार्यक्रम संयोजक मोहन नेपालले बताउनुभयो । नेपालमा भर्खरै मात्र शुरुवात भएको खेललाई पहिलोपटक नुवाकोटमा स्थानीय क्लबहरुको सहकार्यमा सफलतापूर्वक परिक्षण सफल भएको संयोजक नेपालले बताउनुभयो । यस खेललाई निरन्तरता दिन आगामी वर्षमा राष्ट्रियस्तरमै खेलको आयोजना गरिने नेपालले जानकारी दिनुभयो ।

खेलमा एकै खेलाडीले साइकल दौड र म्याराथन दौड खेलेका थिए । खेलको पहिलोचरणमा खेलाडीहरुले दुईपिपल, माझगाउँ, लामाचौर, माझगाउँ हुँदै दुईपिपल दोहोरो रुटको २ हजार ५ सय मिटर दौडेका थिए । दोस्रोचरणमा दुईपिपल, माझगाउँ, लामाचौर, माझगाउँ, दुईपिपल, दाहालडाँडा, घ्याम्पे, देउराली, बन्चरेखोला, पात्ले, भालुखोला, तोरीसुंवारा, महादेवखर्क हुँदै सोहि रुट भएर पुन: दुईपिपलको रुट गरी १० किलोमिटर साईकल दौडाएका थिए । त्यस्तै, तेस्रोचरणमा १/१ किलोमिटर दोहोरोमा दुईपिपल, दाहालडाँडा, घ्याम्पे, देउराली, दाहालडाँडा हुँदै दुईपिपलसम्म दौडेर खेलको परीक्षण सफल परेका थिए ।