ताजा पोस्ट :

नुवाकोटको विदुर नगर मेयर कप फुटबलको उपाधि पोखरा महानगरपालिका कास्कीलाई,

3500

विदुर-, विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिताको उपाधि कास्कीको पोखरा महानगरपालिकाले जितेको छ ।  नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा पोखरा महानगरपालिकाले विदुर नगरपालिकालाई ० का विरुद्ध २ गोलले पराजित गरेको हो । 

प्रतियोगितामा विदुर नगरपालिकाका जर्सी नं ९ का आशिष लामाले ७ गोल गरि हाई स्कोरको उपाधि जितेका हुन् । पोखरा महानगरपालिका जर्सी नं १५ का टिका गुरुङले  उदिय मान खेलाडीको उपाधि हात पारेका हुन् भने विदुर नगरपालिकाका जर्सी नं ८ का मोहन तामाङ उत्कृष्ट खेलाडी र जर्सी नं १६ का गोविन्द प्रसाद रिमाल म्यान अफ द म्याच घोषित भएका हुन् ।  पोखरा महानगरपालिका कास्कीलाई प्रथम पुरस्कार तीन लाख रकमको चेक, ट्रफी सहित प्रमाण पत्र ३ नं प्रदेशका उप समामुख राधिका तामाङ, प्रदेश सांसद केशव पाण्डे र बद्री मैनालीले वितरण गर्नु भएको हो । द्धितिय पुरस्कार विदुर नगरपालिकालाई १ लाख ५० हजार रकमको चेक, ट्रफी सहित प्रमाण विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्त उप प्रमुख गिता दाहाल जिल्ला खेलकुद परिषद् नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले वितरण गर्नु भएको हो ।